महिला क्रिकेट : एपिएफ र मधेश प्रदेश विजयी

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७९
Women Cricket Final~main

पोखरा । नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश विजयी भएका छन् ।

पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो । गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले १ सय ६ बल बाँकी रहँदै प्राप्त गर्‍यो । उसको तर्फबाट सीता रानामगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडिन् ।

खराब लयबाट गुज्रिएको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टी जैसीले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ विकेट लिए । गण्डकीका श्रृष्टि जैसीले १ विकेट लिइन् ।

जीतसँगै एपिएफ ग्रुप ‘ए’ को शीर्षस्थानमा पुगेको छ । एपिएफले दुवै खेलमा जीत हासिल गर्दै ४ अंक जोडेको छ ।

विहीबारको दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो । पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्‍यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश विजयी भएको हो ।

मधेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भइन् । उनले मधेशका लागि ३५ रनको योगदान दिइन् । त्यस्तै गोमा आलेले १० रन बनाइन् । मधेशका सन्तोषी चौधरी, शान्ति चौधरी र अनुराधा चौधरीले समान २/२ विकेट लिए ।

सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवि पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…

hero news full width

trending post

ट्रेन्डिङ्ग