गण्डकी सहकारीको अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७९
gandaki sahakari

गैंडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्थाको ३१ औं साधारणसभाको अवसरमा शुक्रबार ‘उहिले बाजेका पालामा’ विषयक अन्तक्र्रिया भएको छ ।

पुरानो संस्कृतिमा दसैं लगायत चाडपर्व कसरी मनाइने गरेको थियो भन्नेबारेमा विद्यार्थी र पाकापुस्ताबीच अन्तक्र्रिया गराइएको थियो । कार्यक्रममा ९० वर्षसम्मका ज्येष्ठ नागरिकको उपस्थिति थियो ।

गण्डकी साकोसका उपाध्यक्ष केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साकोसका प्रबन्ध निर्देशक रामचन्द्र सुवेदी, पूर्व अध्यक्ष वेदप्रसाद गौडेल, लेखा संयोजक गोविन्द सुवेदी, शिक्षा उप समिति संयोजक कुलप्रसाद पाण्डे लगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण शिक्षा उप समिति सदस्य रामप्रसाद सापकोटाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width