पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
aedes-aegypti-mosquito-dengue-rash

चितवन ।  पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।    रासस

Related News

सम्बन्धित समाचार

  • शुक्ललाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । दसैंतिहार लगायत पर्व अवसरमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुभकामना मन्तव्य…
  • लेकसाइडमा मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराको आयोजनामा असोज ११ मा लेकसाइडमा मिनी सडक महोत्सव–२०७९ आयोजना गरिने भएको…
  • कांग्रेस गण्डकीको विभिन्न समिति

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि विभिन्न समिति गठन गरेको छ । प्रदेश सभापति…

hero news full width