गण्डकीमै सर्वोत्कृष्ट सम्राटलाई मदरल्याण्डको ५० हजार

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७९
Motherlands school

पोखरा, २५ भदौ । मदरल्याण्ड मावि, मासबारबाट कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिए ल्याई गण्डकीमै सर्वोकृष्ट हुने सम्राट ढुंगाना ५० हजारसहित सम्मानित भएका छन् ।

विद्यालयले आयोजना गरेको समारोहमा उनलाई राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले बधाई तथा शुभकामना दिंदै अझ प्रगतिको कामना गरे । उनले मदरल्याण्डलाई आफूले नजिकबाट चिनेको र शैक्षिक क्षेत्रमा अब्बल राख्न सधैं प्रयासरत रहिरहेको पनि बताए । विद्यालयले उत्कृष्ट नतिजाका लागि सैद्धान्तिक शिक्षाका साथमा प्रयोगात्मक अभ्यासलाई पनि सँगसँगै लगेको बताए ।
सो अवसरमा सम्राटका बुबा र आमालाई पनि सम्मान गरिएको थियो । उनका पिता बाबु डा. भरतराम ढुंगानाले विद्यालयको यो नतिजा प्राप्त गर्नमा साथ र सहयोग पु¥याउने विद्यालय परिवारप्रति आभार व्यक्त गरे ।

सानैदेखि बहुआयामिक सम्राट सधै् अब्बल विद्यार्थीका रूपमा रहेको विद्यालयका शिक्षक शिक्षिकाले बताए । शैक्षिक सत्र–२०७८ को आधारभूत तह उत्तीर्ण परीक्षामा ४ जिपिए हासिल गरेर अन्तर्राष्ट्रिय साक्षरता दिवसमा पोखरा महानगरबाट सम्मानित विद्यार्थीद्वय सदृश अधिकारी र रेडियस पोख्रेललाई विद्यालयले सम्मान गरेको विद्यालयका संस्थापक एवं प्राचार्य नारायण बरालले जानकारी दिए ।

साथै सहकार्यकलापअन्तर्गत विद्यालयभन्दा बाहिर सहभागी भई महानगर, जिल्ला, गण्डकी प्रदेश तथा अन्तर्राराष्ट्रियबाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार जित्न सफल विद्यार्थी सिसम भण्डारी, कृपा बराल, कपिलराज गाहा, कृतिका थापा, जीवन अधिकारी, प्रशंसा बराल, कृतिका पराजुली, दीक्षा भट्टराई र सुजन तिमिल्सिना सम्मानित भए । उनीहरुलाई राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ, विद्यालय निर्देशक त्रिभुवन शर्मा, विद्यालयका संस्थापक एवं प्राचार्य नारायण बराल, प्लस टु इन्चार्ज नारायण आचार्य लगायतले सम्मान गरेका हुन् ।

विद्यालयका संस्थापक एवं प्राचार्य नारायण बरालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले नगद र सम्मानपत्रले सम्मान गर्दै आएको जानकारी दिए । अंग्रेजी विभाग प्रमुख बामनकुमार घिमिरेले कार्यक्रम सञ्चालन गरेको जानकारी होमनाथ भट्टराईले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै