पोखरा लिंकनमा एमबिए

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
News of MBA

पोखरा । पोखरा लिंकन इन्टरनेशनल कलेज, सिमलचौरमा एमबिए कक्षासमेत संचालन हुने भएको छ । लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त कलेजले एमबिएको कक्षा सञ्चालन तयारी सुरु गरेको कार्यकारी निर्देशक राजकुमार गुरुङले जानकारी दिए ।

कलेजले एमबिएको २ वर्षे कोर्षका लागि सेप्टेम्बर र मार्च इन्टेकमा गरी वर्षमा २ पटक भर्ना लिने जनाएको छ । कक्षा सञ्चालन बिहान वा साँझ गर्नका लागि अध्ययन भइरहेको उनले बताए । कलेजले यसअघि बिबिए र बिएचएमको कक्षा सञ्चालन गरिरहेको छ । चार दशकअघि स्थापित प्रतिष्ठित स्कुल लिटिल स्टेपद्वारा प्रवद्र्धित लिंकन कलेजमा विद्यार्थीको आकर्षण रहेको संस्थापक अध्यक्ष शेरबहादुर गुरुङको दाबी छ । लिटिल स्टेप सेकेन्डरी यस्तै, स्कुलअन्तर्गत प्लस टुमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा २०७९ को लागि भर्ना अभियान जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width