मैदीताल कृषि सहकारीको अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७९
Maiditaal Sahakari

लेखनाथ । मैदीताल कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुको लागि शुक्रबार सहकारी सचेतना तथा अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा सहकारी संस्थाले पालना गर्नुपर्ने नियमहरु, मुल्य र मान्यताहरु, सेयर सदस्यहरुको अधिकार र जिम्मेवारीहरु, सहकारी ऐन र नियमावलीका विभिन्न प्रावधानहरुका विषयमा पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख अनील कार्की र शाखा अधिकृत अर्जुन न्यौपानेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा संस्थाका लेखा संयोजक कृष्णप्रसाद बाँस्तोला, सल्लाकारहरु ऋषिराम त्रिपाठी र टीकाप्रसाद खनाल, संस्थापक अध्यक्ष भरतराज न्यौपानेलगायतले बोलेका थिए भने अध्यक्ष भरतप्रसाद तिवारीले सहकारीको वर्तमान अवस्था र भावी योजनाको बारेका जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष भरत तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादत्त अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कल्पना गौतमले गरेकी थिइन् ।

कुल १ हजार २ सय ६८ सेयर सदस्य रहेको सहकारीले पोखराका २८, ३० र ३१ मा पर्ने मैदी तालको संरक्षण गर्दै मत्स्यपालनको माध्यमबाट आयआर्जनसमेत गर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width