पोखरा । पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो । साथै गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन् ।
आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५ वर्षको सो सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयहरुलाई आधार लिइएको थियो । ६२ जिल्लामध्ये ६० जिल्लाको नतिजा सार्वजनिक भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शाखा अधिकृत शशि पोख्रेलले जानकारी दिइन् । उनका अनुसार परीक्षणमा विद्यालयमा लगानी, प्रक्रिया र उपलब्धि लगायत ७९ सूचक थिए । उच्चस्तरको कार्यसम्पादन भन्नाले ९० प्रतिशतभन्दा बढी हो । विन्ध्यवासिनीसहित अन्य ४ विद्यालयले ९० भन्दा बढी प्रतिशत हासिल गरेका हुन् । सो परीक्षणमा गण्डकी प्रदेशका मात्रै ५ सय ७० विद्यालय थिए । सबैभन्दा बढी बागमतीका १ हजार २ सय १ र सबैभन्दा कम कर्णालीका ३ सय ७६ विद्यालय थिए । मूल्यांकनमा थोरैमात्र विद्यालयको कार्यसम्पादन स्तर कमजोर छ । परीक्षणमा विद्यालय कार्यसम्पादन स्तर राम्रो हुनु भनेको सिकाइ पद्दति पनि राम्रो छ भन्ने हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जुन विद्यालयमा विद्यार्थी संख्या धेरै छ, त्यस विद्यालयको समग्र कार्यसम्पादन स्तर राम्रो देखिएको बताउँछन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ७९ सूचकसहितको परीक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ भित्र परेको हो
२००४ सालमा स्थापित विन्ध्यवासिनी यस क्षेत्रमा शैक्षिक गुणस्तरमा राम्रो नतिजा हासिल गर्दैआएको विद्यालयमा पर्दछ । कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुने यहाँ ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय संचालित छ । यहाँ १२ सय ५० विद्यार्थी पढ्छन् भने शिक्षक र कर्मचारी गरी ७० जना छन् । १३ रोपनीमा फैलिएको विद्यालयमा हालैमात्र पुनःनिर्माण प्राधिकरणको सहयोगमा ३२ कोठे सुविधासम्पन्न भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ बञ्जाराले जनाए । विद्यालय प्रध्यानाध्यापक कृष्णप्रसाद आचार्यले यो नतिजाले आफूहरुलाई खुसी लागेको बताउँछन् । विद्यालय व्यवस्थापन समितिको नेतृत्व चन्द्रा अधिकारी थापाले सम्हालेकी छन् । उनले विद्यालय शैक्षिक गुणस्तर कायम गर्दै भौतिक विकाससहित समग्र क्षेत्रको विकासमा सदा दत्तचित्त रहेको जनाइन् ।
यसैबीच, २०६६ सालमा स्थापित शैक्षिक गुणस्तर परीक्षण केन्द्र नेपाल सरकारको शिक्षा मन्त्रालयअन्तर्गत रहेको स्वतन्त्र विभागीय निकाय हो । यसले १३ वर्षदेखि विद्यालय शिक्षा प्रणालीभित्र कार्यसम्पादनको प्रभावकारिता परीक्षण वा मूल्यांकन गर्दै आएको महानिर्देशक सापकोटाले जनाए । पोखरामा आयोजित नतिजा प्रवोधिकरण तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै उनले केन्द्रले यस अवधिमा विद्यालयको कार्यसम्पादन परीक्षण र विद्यालयको सिकाइ उपलब्धि गरी २ क्षेत्रमा परीक्षण गर्दै आएको बताए । विद्यार्थी सिकाइ परीक्षणमा सामुदायिक माविका कक्षा ३, ५, ८ र १० का विद्यार्थीलाई आधार मानिने गरिन्छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१