काठमाडौं वल्र्ड स्कुलको नेपाल टुर पोखरामा

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
KWS Photo

पोखरा । नेपाल टुरमा निस्किएको काठमाडौं वल्र्ड स्कुलको टिम पोखरामा आएको छ । ‘नेपाल टुर–२०७८’ नाम दिएर काठमाडौं बाहिर निस्किएको टोली चितवन, बुटवल र भैरहवाहुँदै शनिबार पोखरा आएको हो ।

सिजी होल्डिङ्सद्वारा २०७५ सालमा सञ्चालित स्कुलले आफ्नो सेवासुविधाबारे जानकारी गराउन टुरमा निस्किएको स्कुल सञ्चालक समिति अध्यक्ष मिथलेसकुमार झाले जानकारी दिए । स्कुल भक्तपुरको गुन्डुमा सञ्चालित छ । आगामी दिनमा टुर धनगढी हुँदै पश्चिम र पूर्वका केही जिल्लामा पुग्ने उनको भनाइ थियो । नेपालमै पनि अन्तर्राष्ट्रिय पढाइ सञ्चालन गर्न सकिन्छ भनेर काठमाडौं वल्र्ड स्कुल सञ्चालन गरिएको अध्यक्ष झाले बताए । ‘नेपालीमात्र होइन विदेशीलाई पनि ल्याएर पढाउन सकिन्छ भनेर सुरु गरेका हौं,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रियस्तरको सुविधा दिन एउटा कक्षामा ३० जना पढाउने, स्विमिङ पुल, सेमीनार हल, पुस्तकालय, ५ सय जना अट्ने डाइनिङ हल, २ सयभन्दा बढी कामदार लगायत धेरै सुविधा दिएका छौं ।’

कार्यक्रममा स्कुलका प्रिन्सिपल केशर खुलालले नयाँ पुस्ताका लागि व्यावहारिक शिक्षा प्रदान गर्नेगरी स्कुल सञ्चालनमा गरिएको बताए । ‘नेपालको पाठ्यक्रमले परीक्षा दिनमात्र सिकाउँछ, त्यसैले हामीले व्यावहारिक हुन सिकाउने कोशिस गरेका छौं,’ उनले भने, ‘हामीले एजुकेसनलाई स्कीलसँग कसरी जोड्न सकिन्छ भनेर लागेका छौं ।’ यसले छिट्टै काठमाडौं बाहिर पनि शाखा सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width