समयको रक्तदानमा ५१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
Samay bachat sahakari

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापनाको १४ औं वािर्षकोत्सवको अवसर पारेर रक्तदान आयोजना गरेको हो ।

पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले संस्थाका सेयर सदस्य आशीष गुरुङलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरे । कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रक्तदानको महत्वबारे प्रष्ट पारे ।

संस्थाका अध्यक्ष शिवप्रसाद द्वाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य भोलाकुमार श्रेष्ठले स्वागत र संस्थाका सचिव अनील बड्गामीले सञ्चलान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width