लुुम्बिनी ट्रक यातायात व्यवसायीमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
lumbini truck

पोखरा । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, सिद्धार्थनगर भैरहवाको अध्यक्षमा विष्णुप्रसाद खरेल निर्वाचित भएका छन् । संघको १० औ साधारण सभा तथा पाँचौ अविधेशनबाट संस्थापक खरेल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा मधुुसुुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्वत चयन भए ।
सचिवमा बाल किसुुन गुुप्ता बानीयन र कोषाध्यक्ष सन्तराम पाण्डे निर्वाचित भए । सदस्यमा रविन खरेल, झविन्द्रकुुमार चोखला, जगदीशप्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव रहेको निर्वाचन अधिकृत जगतबहादुुर रायमाझीले जानकारी दिए । उनीहरुले आइतवार पदभार ग्रहण गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width