फिस्टेल एकेडेमीको अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
Fistail academy

पोखरा । पोखरा १७, तल्लो बिरौटास्थित फिस्टेल एकेडेमीले अभिभावकको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई छुट्टाछुट्टैरुपमा अभिभावकले आफ्ना विद्यार्थीलाई ध्यान दिनुपर्ने विषयबारे प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा विद्यार्थीको शारीरिक वृद्धि विकासको अवस्थामा आइपर्ने विभिन्न समस्या तथा समाधान विधिबारे विद्यालयका मिडल स्कुल को–अर्डिनेटर कमल लामिछाने, प्राचार्य डा. त्रिदेव उपाध्यायले अभिमुखीकरण गरेका थिए।
कार्यक्रममा विद्यार्थीको चारित्रिक तथा मानसिक विकासमा अभिभावकको महत्वपूर्ण भूमिका हुने हुँदा उनीहरुलाई सचेत र पुनर्ताजगी गर्न सो कार्यक्रम गरिएको विद्यालय संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । अभिभावकीय भूमिका कलात्मक हुनुपर्ने भन्दै उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावकको संयोजनकारी भूमिका नै आवश्यक भएको बताए । सो अवसरमा विद्यालयका संस्थापक उपाध्यक्ष अञ्जु बस्नेत रानाभाट, निर्देशक एरिका रानाभाट, निर्देशक एलिश रानाभाट, प्रशासन प्रमुख अग्नि शिवाकोटी लगायत अभिभावकले सफल अभिभावकीय भूमिकाबारे चर्चा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width