कस्मेटिक व्यवसायीको भित्तेपात्रो लोकार्पण

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
Cosmetics

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले नव वर्ष २०७९ अवसरमा शुभकामना आदानप्रसाद तथा भित्तेपात्रो लोकार्पण गरेको छ ।
भित्तेपात्रो लोकार्पण गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले संघ मजबुद बनाउने दायित्व सबै व्यवसायीको भएको बताए । संघका गतिविधिमाथि सबै सदस्यले औंला उठाउन सक्ने र व्यवसायीका हकहितका लागि संघ चुप लागेर नबसेको उनको भनाइ थियो ।
युवाउद्यमी व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रकाशदेव पालिखेले सम्बन्धित संस्था मिलेर व्यवसायीका समस्या सुल्झाउन सकिने बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्री, सदस्य बालकृष्ण कोइराला, कस्मेटिक संघका निवर्तमान अध्यक्ष उमापति ढकाल, संस्थापक अध्यक्ष विष्णुप्रसाद बास्तोला, फेन्सी तथा रेडिमेड व्यवसायी संघ अध्यक्ष राजु पौडेलले मन्तव्य राखेका थिए ।
कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष प्रेमप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम अध्यक्ष दुर्गा बरालले स्वागत, कार्यक्रम संयोजक महेन्द्र पौडेलले धन्यवाद र महासचिव शारदा भुजेलले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width