‘सबैको रगत एउटै हुँदैन’

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
Atamananda

पोखरा । गलेश्वर आश्रम देवघाटका पीठाधीश स्वामी आत्मानन्द गिरीले आत्मा सबैको एउटै भए पनि रगतको गुण फरक–फरक हुने बताएका छन् ।
बूढानीलकण्ठ मन्दिर संरक्षण समिति पोखरा–४ को १३ औं साधारणसभा तथा सातौं अधिवेशन शनिबार शुभारम्भ गर्दै गिरीले सो कुरा बताएका हुन् । चैतन्यले चैतन्यकै विभेद गरेर बाँच्न नसक्ने बताउँदै उनले आत्मा र अनात्मामा साम्यवाद हुन नसक्ने ठोकुवा गरे ।
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले मुक्तिनाथ जाने मार्गमा पर्ने बूढानीलकण्ठ मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।
बूढानीलकण्ठ मन्दिर संरक्षण समिति अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव पुष्पेन्द्रबहादुर कोइरालाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल ओझाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोहबीच अक्षयकोषदातालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सञ्जीवबहादुर कोइराला, मीठुदेवी कोइराला, पुष्पेन्द्रबहादुर कोइराला, लोकनाथ भण्डारी र शान्तिदेवी कोइराला रहेका छन् ।

अध्यक्षमा लोकनाथ
बूढानीलकण्ठ मन्दिर संरक्षण समिति अध्यक्षमा लोकनाथ भण्डारी चयन भएका छन् । संस्थाको सातौं अधिवेशनबाट उपाध्यक्षमा पुष्पेन्द्रबहादुर कोइराला, सचिव कल्पना गौतम, कोषाध्यक्ष शिवजी कोइराला र सहसचिव इन्दु कोइराला निर्विरोध चयन भए ।
सदस्यमा रामबहादुर कोइराला, श्यामप्रसाद कोइराला, नेत्रपाणि भण्डारी, गीता रिमाल, शिवकुमारी कोइराला र श्रीकृष्ण अधिकारी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width