पद्मकन्या बहुमुखीको बिपिएसजी फ्रेसर प्रोग्राम पोखरामा

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
Padma Kanya Campus Photo

पोखरा । पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौंअन्तर्गत सञ्चालित सार्वजनिक प्रशासन तथा सेवा (ब्याचलर इन पब्लिक सर्भिस एन्ड गभर्नेन्स) विषयद्वारा आयोजित नवआगन्तुक विद्यार्थीको स्वागत तथा सांस्कृतिक कार्यक्रम पोखरामा भएको छ । पहिलो र दोस्रो ब्याचका विद्यार्थीहरूलाई कार्यक्रमअन्तर्गत अध्ययनरत चौथो ब्याचका विद्यार्थीहरुले स्वागत गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रशासनिक कामकाजमा सघाउने कार्यक्रम क्याम्पसले सञ्चालन गरेको आभार प्रकट गरे ।
विश्वमा परिमार्जित भइरहेका कार्यक्रमहरुको अध्यापन हुनुपर्ने प्राडा अर्यालले बताए । व्यावहारिक रूपमा जीवन बुझ्नका लागि क्याम्पसले आयोजना गर्ने कार्यक्रमहरुबाट धेरै कुराहरु सिक्न सकिने उनले बताए । पोखरा विश्वविद्यालयले पनि उद्यमी विकास गर्ने उद्देश्यसहित पाठ्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । ‘अब गरी खाने शिक्षा दिनुपर्छ, गुणात्मक शिक्षाका लागि व्यावहारिक शिक्षा आवश्यक छ,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयबाट प्राज्ञिक स्वायत्तता प्राप्त गरी आफ्नो छुट्टै कार्यक्रमका रूपमा सञ्चालित बिपिएसजी लोकसेवाबाट सञ्चालन हुने विभिन्न सेवामुखी पेसामा प्रवेश गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । नेपालमै पहिलोपटक नेपालकै पहिलो महिला क्याम्पसले सञ्चालन गरेको बिपिएसजी कार्यक्रम लोकसेवाका विभिन्न परीक्षामा प्रवेश गर्न सहज हुने गरी तयार पारिएको नेपालकै एक मात्र कार्यक्रम हो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. धनप्रसाद पण्डितले शैक्षिक सत्र २०७६÷७७ बाट सञ्चालन गरिएको यस कार्यक्रमले महिला सशक्तीकरणका साथै महिलालाई प्रशासनिक सेवा प्रवेशमा सहजताका निम्ति विशेष भूमिका निर्वाह खेल्ने कुरामा आपूmहरू विश्वस्त रहेको कुरा उल्लेख गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पद्मकन्या इकाइ सभापति सहप्रा.डा. रामचन्द्र पोखरेलले कार्यक्रमले प्रशासनिक क्षेत्रमा योग्य महिला जनशक्ति उत्पादन गर्ने सन्दर्भमा बीपीएसजी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गरे ।
पद्मकन्या बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं बिपिएसजी कार्यक्रमका निर्देशक उपप्रा. राजु मल्लले नेपालको प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता न्यून भएको वर्तमान परिप्रेक्ष्यमा क्याम्पसबाट सञ्चालित प्रस्तुत कार्यक्रमले उक्त सहभागितालाई महत्वपूर्ण आधार प्रदान गर्ने बताए । यसतर्पm आगामी दिनमा क्याम्पसले कार्यक्रमलाई थप समसामयिक बनाउँदै देशव्यापी रूपमा लैजाने भावी योजनासमेत उनले प्रस्तुत गरेका थिए ।
बिपिएसजी कार्यक्रम सदस्य उपप्राध्यापक राजिन पनेरूले कार्यक्रमबाट सरकारी सेवाको प्रवेशद्वार मानिने लोकसेवा आयोगको तयारीका लागि विद्यार्थीलाई सहयोग पुग्ने बताए । शैक्षिक रुपमा विकास गरी कार्यक्रम सञ्चालन भएपछि इन्स्टिच्युट जानुपर्ने कामलाई ‘ब्रेक आउट’ गर्ने उनको विश्वास छ ।
कार्यक्रममा सहप्राध्यापक डा. लोकनाथ दुलाल, उपप्राध्यापक डा. सुरेशराज आचार्य, सहप्राध्यापक महेशराज दाहाल र उपप्राध्यापक गोविन्द पुनलगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सोही कार्यक्रममा अध्ययनरत चौथो सत्रका छात्राहरूले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width