बेगनासका डुंगा व्यवसायीलाई क्युआर कोड

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
BEGNAS LAKe

पोखरा । बेगनास तालमा रहेका डुंगा व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार बेगनास ताल डुंगा व्यवसायी संघमार्फत बेगनास तालमा डुंगा चलाउने २ सय २० डुंगा व्यवसायीलाई क्युआर कोड वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा लगायत उपस्थित थिए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताएका छन् ।
यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य रहेको बताए ।

बेगनास तालमा क्युआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत् सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स र वालेटमार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै बाह्य पर्यटकले पनि भिजाकार्ड मार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केही दिन अघिमात्र भिजासँग सहकार्य गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width