रेडियो नेपालमा ब्याडमिन्टन प्रतियोगिता

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
Radio nepal news final

पोखरा । रेडियो नेपालको ७२ औं वार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरामा विविध कार्यक्रम सुरु भएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता भएको छ । प्रतियोगितामा खेम सारु र गोविन्द थापाको जोडी प्रथम , हिमलाल त्रिपाठी र गोविन्द पाठकको जोडी दोस्रोे भए । सारुको जोडीले त्रिपाठीको जोडीलाई २१ –१७ ,१५– २१ २१ –१८ को सेटमा पराजित गरेको छ । प्रतिस्पर्धामा कुल ५ टिम सहभागी थिए ।
प्रतियोगिताको उद्घाटन रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखराका प्रमुख सुरेन्द्रप्रसाद यादवले गरेका थिए । सहभागी खेलाडीलाई शुभकामना दिंदै प्रमुख यादवले खेल स्वस्थ रहन र आपसी भाइचारा वृद्धिका लागि महत्वपूर्ण रहेको विचार व्यक्त गरे । रेडियो नेपालको वार्षिकोत्सकै सन्दर्भ पारेर मैत्रीपूर्ण भलिबल खेल, रस्साकस्सी, म्युजिकल चियर, चम्चा दौड, घैंटो फुटाउने लगायत खेल आयोजना गरिएको छ । उद्घाटन कार्यक्रम वरिष्ठ सम्पादक शान्ति गुरुङले सञ्चालन गरेकी थिइन् । रेडियो नेपाल २००७ साल चैत २० गते स्थापना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width