‘किसानलाई धनी बनाउनु पर्छ ’

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
Ramsaran

लेखनाथ । गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले समृद्ध नेपाल निर्माणको मूल मन्त्र किसानलाई धनी बनाउने रहेको बताएका छन् । लेखनाथमा शुक्रबार आयोजित विजयपुर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाको २१ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री आचार्यले कृषि प्रधान देश भन्ने तर किसानलाई कसरी धनी बनाउन सकिन्छ भन्नेबारे योजना नआउँदा हाम्रा किसान दाजुभाइहरु माथि उठ्न नसकेकाले कसरी किसानलाई धनी बनाउन सकिन्छ भन्नेमा चिन्तनशील रहेको सुनाए ।
स्वदेशमा नै उत्पादन बढाएर हामीलाई आवश्यक पर्ने खाद्यवस्तुमा आत्मनिर्भर हुने हो भने हामी स्वतः धनी हुने उनले बताए । मन्त्री आचार्यले पहाडी पाखा जमिन बाँझै हुने समथरका जग्गा प्लटिङ गर्ने र बाँकी रहेको जमिनमा पनि पर्याप्त सिँचाइ गर्न नपाउने हो भने हाम्रो उत्पादन नबढ्ने हुँदा व्यवस्थित कृषि नीतिबिना यो समस्या समाधान नहुने तर्क गरे ।
किसान समस्या लिएर मन्त्रालय आउने होइन बरु मन्त्री तथा कर्मचारीहरु किसानका के समस्या छन् भन्दै बुझ्न आउनुपर्ने अवस्थामा हामी सोर्सफोर्स लगाएर काम लिने तौर तरिका अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भवगवती हाइड्रो पावरका निर्देशक वसन्तमोहन भट्टराईले कृषि उत्पादन बढाएर चीन धनी भएको उल्लेख गर्दै व्यवस्थित सिँचाइ बिना उत्पादकत्व बढाउन नसकिने बताए । पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बरालले विजयपुर सिँचाइ प्रणालीमा आउने समस्याप्रति प्रदेश सरकार र महानगरले चासो दिनुपर्ने सुझाव दिए ।
उपभोक्ताहरुको तर्फबाट कोमलनाथ बरालले बाढी पहिरोका कारण भत्किएका संरचना बनाउन बजेट छैन भन्दै किसानलाई दुख दिने कामले कसरी उत्पादन बढ्छ भन्ने प्रश्न गर्दे सरकारी निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रयागराज भण्डारीले पोखरा महानगर पालिकाको वडा नं २६,२७,२९ र ३० को करिब १ हजार २ सय ८० हेक्टरमा सिँचाइ पु¥याउँदै आएको उक्त नहरको तत्काल मर्मत हुन नसके अबको बर्खामा यस क्षेत्रका जमिन बाँझै हुनेतर्फ सचेत गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width