मेयरमा नन्द तिवारीको आकांक्षा

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
Panta

पोखरा । आसन्न स्थानीय तहको चुनाव नजिकिंदै जाँदा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । देशभरको सबैभन्दा ठूलो पोखरा महानगरको मेयर बन्न धेरैले आकांक्षा देखाएका छन् ।
यसैक्रममा नेपाली कांग्रेस कास्कीका पूर्व जिल्ला सचिव नन्दप्रसाद तिवारीले मेयरको उम्मेदवारी दिने भएका छन् । उनले विज्ञप्तिमार्फत् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेको जनाएका हुन् ।
समृद्ध पोखरा निर्माण गरी विश्वजगत्मा सपनाको सहरमा रुपान्तरण गराउन सक्ने आफ्नो कार्ययोजना रहेको तिवारीले जनाएका छन् ।
पोखरा २८, माझठानामा जन्मेहुर्केका तिवारी हाल पोखरा ३१, बेगनास बस्छन् । अहिंसालाई आफ्नो धर्म मान्ने तिवारीले समाजका दीनहिनलाई मरेपछि पनि सहयोग गर्ने भनी मरणोपरानत शरीरदान घोषणा गरेका छन् । रचनात्मक सोचका धनी उनले आफू मेयर बने पोखरालाई हरेक क्षेत्रमा रचनात्मक विकास गरी नमुनाको सहर बनाउन सक्ने कार्ययोजना रहेको सुनाउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width