पत्रकार सम्राटको ११० औं रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
blood kb sam

पोखरा । पत्रकार केवी सम्राटले आफूले सञ्चार क्षेत्रबाट विश्वमै सबैभन्दा बढी रक्तदान गरेको दाबी गरेका छन् । लामो समयदेखि लगातार रक्तदान गर्दै आएका उनले बुधबार काठमाडौंमा ११० औं पटक रक्तदान गरे ।
पशुपति अन्नपूर्णा आश्रमका अध्यक्षसमेत रहेका स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष वरिष्ठ पत्रकार सम्राटले ११० औं पटक रक्तदान गरिसकेपछि रक्तदान कत्र्तव्यमात्र नभई धर्म पनि हो भने । आफ्नो अनुभव सुनाउँदै उनले नियमितरुपमा रक्तदान गर्न आहारमा ध्यान दिन आवश्यक रहेको बताए ।
राजधानीको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं १० का वडाध्यक्ष रामकुमार केसीले रक्तदानको महत्वबारे प्रकाश पारे ।
कलेजका प्राचार्य नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा १६९ औं पटक रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, पशुपति अन्नपूर्ण आश्रम सदस्य एवं धार्मिक समितिकि संरक्षक माता भद्रकाली, वडा सदस्य सतिस तन्डुकार, कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीलगायतको उपस्थिति थियो ।
रक्तदान आफू गरौं र अरुलाई पनि रक्तदान गर्न प्रोत्साहित गराऔं नाराका साथ सम्पन्न भएको रक्तदानमा प्रमुख अतिथि केसीले रक्तदाता सम्राटलाई हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् । कार्यक्रममा २ सय १० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक अमर थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width