नारायणस्थानमा श्रीराम कथामृत प्रवचन हुने

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८

पोखरा । रामनवमी महापर्व–२०७८ अवसरमा संगीमय श्रीराम कथामृत हुने भएको छ ।
हिमालय सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायस्थान धार्मिक क्षेत्र विकास समिति नदीपुरमा हुने श्रीराम कथामृत चैत १९ देखि २७ गतेसम्म चल्ने कार्यक्रम संयोजक भोला बरालले जानकारी दिए ।
अनन्तश्री विभूषित जगतगुरु रामनन्दाचार्य सद्गुरुदेवको सानिध्यमा भक्तमाला, श्रीरामचरितमानसको नेपाली, अंग्रेजी हिन्दी भाषाकी प्रवचक आञ्जनेय युवा क्लब अध्यक्ष चन्द्रकला सखीको मुखारविन्दुबाट तथा शास्त्रीय संगीतका आचार्य शिवराज पौडेल र आञ्जनेय युवा क्लबका कालाकारको सांगीतिक प्रस्तुतिमा श्रीराम कथामृत हुने उनले जानकारी दिए ।
प्रत्येक दिन बिहान ७ देखि १० सम्म संगीतमय श्रीराम चरितमानस पाठपरायण, बिहान ११ देखि १ बजेसम्म प्रसाद र दिउँसो २ देखि ५ बजेसम्म श्रीराम चरितमानस कथा प्रवाचन हुने छ । सम्पूर्ण आपदविपद हरण गरी समस्त प्रकारको सुख ऐश्वर्य प्रदान गर्ने उद्देश्यले यो प्रवचन आयोजना गरिएको बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width