हेमजामा कम्प्युटर तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
computer

हेमजा । दलित सञ्जाल समिति पोखरा–२५, हेमजाको आयोजनामा भएको कम्प्युटर तालिम बुधबार सम्पन्न भयो ।
समापनमा पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सिकेको सीप व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिंदै रचनात्मक क्रियाकलापमा वडाको सधै साथ रहने बताए ।
कार्यक्रममा वडा सदस्यद्वय दलबहादुर कुँवर र तारा विक, वडा सचिव ईश्वरी पोखरेल, प्रशिक्षक मोहन नेपाली, दलित सञ्जाल पोखरा महानगर सदस्य टेकबहादुर विक, प्रशिक्षार्थी भिममाया विक र भूमिका विकले भनाइ राखे।
माघ १२ देखि सुरु तालिममा २० जना सहभागी थिए । महानगर र वडा कार्यालयको व्यवस्थापनमा तालिम गरिएको हो ।
दलित सञ्जाल हेमजाका अध्यक्ष टेकबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धु्रव परियारले स्वागत तथा सचिव सुनिल गायकले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width