‘अघिल्लो सरकारको ऋणले विकासमा प्रभाव’

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८
cm

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पूर्वी नवलपरासीस्थित देवचुली नगरपालिकाको बुधबार प्रशासनिक भवन उद्घाटन गरेका छन् । साथै उनले देवचुली नगरपालिका प्रगतिनगर खानेपानी टंकी ओभर हेडको पनि उद्घाटन गरे ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारको ऋणका कारण अहिलेको सरकारले विकास गर्न नपाएको दाबी गरे । उनले आफूहरुले अघिल्लो सरकारको कामलाई पनि प्राथमिकतामा राखेर काम गरेको बताए ।
उनले देशमा संघीयता आइसके पनि बजेट विनियोजनमा केन्द्रिकृत प्रणाली कायम रहेकोले स्थानीय तहको क्षेत्रमा सोचे जस्तो विकास हुन नसकेको बताए । बजेटलाई संघीय सरकारले ५०÷५० प्रतिशतमा लैजानु पर्ने उनको जोड छ ।
मुख्यमन्त्री पोखरेलले देश संघीयतामा गएपछि जनताले केही अधिकार पाए पनि देशमा राज्य सञ्चालन हिसाबले प्रदेश र स्थानीय सरकारले संघीयताको आभाष गर्न नपाएको बताए । उनले त्रिवेणी कोरला सडक गण्डक प्रदेशको ‘लाइफलाइन’ सडक भएको बताउँदै त्यसलाई आफ्नो पालामा अगाडि बढाएको जिकिर गरे । उनले यस वर्ष उक्त बाटो निर्माणका लागि ठेक्का गई सकेको जनाउँदै अब छिट्टै सडक निर्माण सकिने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य कृष्ण पौडेल, गण्डकी प्रदेशसभा सदस्य रोशन गाहाले गण्डकी प्रदेशको अहिलेको सरकारले नेकपा एमाले नेतृत्वको सरकारले गरेका काम लुकाएको आरोप लगाए । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तीलप्रसाद काफ्ले, खिमानन्द भुसाललगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width