दुरा र तामाङ भाषा प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
tamang & dura bhasha trainning news by rajarams

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान आयोजनामा दुरा भाषा तथा तामाङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जसअन्तर्गत दुरा मातृभाषा प्रशिक्षण तथा अभिमुखीकरणमा लमजुङको मध्यनेपाल वडा १० मा आयोजना गरिएको हो ।
दुरा समाज, हाँडीखोला समाजको सहकार्यमा सुरु भएको कार्यक्रममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमको प्रशिक्षक मुक्तिप्रसाद अधिकारी हुन् ।
दुई महिनासम्म सञ्चालन हुने प्रशिक्षणको उद्घाटन प्रतिष्ठान कुलपति सुर्य खड्का विखर्चीले गरेका थिए ।
साथै, प्रतिष्ठानले पोखरामा तामाङ मातृभाषा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ कास्की र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम आरम्भ भएको हो । ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षक दीपक तामाङ छन् ।
गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शुभारम्भ गरे । प्रशिक्षण २ महिना चल्नेछ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापित जाति विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम गरिरहेको छ । प्रतिष्ठानले यो वर्ष ५ वटा जातिको भाषाका कक्ष संचालन गर्ने उद्देश्य राखेको छ । जसअनुसार गुरुङ समुदायको भाषा प्रशिक्षण कार्यक्रम पुस १५ बाट र नेवार समुदायको भाषा प्रशिक्षण कार्यक्रम चैत्र १ बाट सञ्चालन गरिएको थियो ।
प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिंदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न निरन्तर कार्य गर्ने प्रतिष्ठानले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै