खैरेनीटार स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Khairani tar healths

खैरेनीटार । शुक्लागण्डकी ६, देउरालीस्थित नवनिर्मित खैरेनीटार आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । शुक्लागण्डकी नगरपालिका उपप्रमुख सविता रसाइली रहेको कार्यक्रममा नगरकार्यपालिका सदस्य तथा नगर प्रवक्ता खिमबहादुर कुमाल, शुनपा ६ का वडा सदस्य बुद्धिबहादुर थापा, नेकपा एमाले शुनपा ६ का वडा कमिटी अध्यक्ष माधवप्रसाद अधिकारी, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि नरबहादुर थापा, त्रिभुवन प्राविका प्रधानाध्यापक तिलबहादुर थापा, खैरेनी माध्यमिक विद्यालयका शिक्षक नैनदत्त अधिकारी, रामबहादुर लामालगायतले बालेका थिए । ३ ओटा कोठा रहेको स्वास्थ्य सेवा केन्द्रको निर्माणमा ३० लाख ७ हजार २ सय पैंसठ्ठी रुपैयाँ अठ्सठ्ठी पैसा लागत रहेको जनाइएको छ ।
शुक्लागण्डकी ६ का अध्यक्ष एवं स्वास्थ्य केन्द्र सहयोग समिति अध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता भएकोे कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी (एचए) संगीताकुमारी यादवले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै