नेपाल निर्माण व्यवसायी संघमा लीलकाजी निर्वाचित

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
nirman lil kaji sdf

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा लीलकाजी गुरुङ निर्वाचित भएका छन् ।
आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, सचिवमा इन्जिनियर शिरषकुमार बास्तोला, सहचिवमा कृष्ण ढकाल (केडी) र कोषाध्यक्षमा उत्तम सिग्देल निर्वाचित भए ।
सहकोषाध्यक्षमा धुवबाबु भट्टराई तथा सदस्यमा डम्बरराज ढकाल, हुमनाथ ढकाल, इ.दीपक सुवेदी, सुमन श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता हरि सुवेदीले जनाए । सदस्यमा डम्बरराज ढकालले सर्वाधिक मत ल्याए ।
४ सय ४० मतदाता रहेकोमा शनिबार मतदान प्रक्रियामा ३ सय ७७ जनाले मतदान गरेका थिए । २ वर्षे कार्यकाल रहेको समिति १३ सदस्यीय छ ।
निर्वाचित कार्यसमितिको आइतबार दिउँसो निर्माण व्यवसायी संघको सभाहलमा पदस्थापन भयो । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता हरि सुवेदी, अग्रज निर्माण व्यवसायी शिवशंकर गौचन, नेपाल निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहारी लगायतले प्रमाणपत्र प्रदान गरे ।
नवनिर्वाचित अध्यक्ष लीलाकाजी गुरुङले निर्माण व्यवसायीको चुनावमा कसैको जीत र कसैको हार नभएको भन्दै सबैजनालाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले सबैको सुझावमा आफू अघि बढ्ने बताए ।
वरिष्ठ उपाध्यक्षमा पराजित प्रेम पहारीले निर्माण व्यवसायी कोरोनाका कारण हाल आइसियुमा गएको उल्लेख गर्दै व्यावसायिक हकहितमा लाग्न नवनिर्वाचित कार्यसमितिलाई प्रेरणा मिलोस् भनी शुभकामना दिए ।
निर्वाचन अधिकृत सुवेदीको अध्यक्षतामा भएको समारोहको संचालन संघका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले गरेका थिए । निर्वाचन समितिका सदस्यमा अधिवक्ता दीपक पौडेल, विनाका शर्मा, गंगा सुवेदी लगायत थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै