व्यवसाय जीवन रक्षा कोषसम्बन्धी अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Gharelu Photo

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकी प्रदेशको आयोजनामा आइतबार व्यवसाय जीवन रक्षा कोष कर्जासम्बन्धी प्रदेशस्तरीय अन्तत्र्रिmया कार्यक्रम भएको छ ।
कार्यक्रममा उपस्थित व्यवसायीले कोभिडको पछीको समयमा बैंकहरुले कर्जा दिन आनाकानी गरेको गुनासो गरेका छन् । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमीका केन्द्रीय अध्यक्ष रोशनी उपाध्यायले अहिले धेरथोर लगानी गरेर उद्यमशील बन्दै गएको बताए । उनले उद्यममा केही समस्या भएकाले अब समस्या समाधान गर्न पनि अग्रसर हुन आग्रह गरे । उपाध्यायले कुनै व्यवसायीको गुनासो पछि बैंकहरुले बिना धितो कुनैपनि क्षेत्रमा कर्जा उपलब्ध गराउन नसक्ने बताए ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव मुक्ति भण्डारीले कोभिडका कारण नेपालमा व्यवसायी उद्यमीहरुलाई प्रत्यक्ष असर परेकाले सहयोग गर्ने र व्यवसायलाई कसरी चलायमान गराउने भन्ने कार्यविधि निर्माण भएका बताए । नेपाल राष्ट्र बैंकका उपनिर्देशक प्रतिभा अधिकारीले १८ वटा विकाश बैंकलाई निर्देशन दिए अनुसार निर्देशन कार्यान्वयन गर्न आग्रह गरिन् ।
नेपाल घरेलु तथा साना उद्योग महासघं महिला उद्यमी समिति गण्डकी प्रदेशका अध्यक्ष चिनु गुुरुङले व्यवसायका लागि प्रदेश सरकारबाट भएको सूचना प्रवाह गर्न सामाजिक सञ्जालले आफूहरुलाई फाइदा पु¥याएको बताइन् । उनले धितोको आधार नभए पनि उद्यम गर्ने चाहने उद्यमीहरुका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति सिफारिसमा कर्जा उपलब्ध गराउने पर्ने माग गरेकी थिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र नेपाल राष्ट्र बैंक पोखराले सहजीकरण गरेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सहुलियत दरको ब्याजको कर्जा उपलब्ध गराएर महिला उद्यमीहरुलाई सहयोग गर्नुपर्ने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकी प्रदेशकी अध्यक्ष चिनु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव वसन्त केसीले सञ्चालन गरेकी थिइन् । उक्त अन्तक्र्रियामा मनाङबाहेक १० जिल्लाका १ सय ५० महिला उद्यमी व्यवसायीहरुको सहभािगता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै