खैरेनी माविमा सिभिल इन्जिनियरिङ पढाइने

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
khaireni m v

खैरेनीटार । तनहुँको शुक्लागण्डकी ६ खैरेनीटारस्थित खैरेनी माविमा शैक्षिक सत्र २०७९ बाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाइ हुने भएको छ । शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङले विद्यार्थीहरु पढ्नको लागि एकाग्र हुनुपर्नेमा जोड दिँदै सफल हुन अनुशासन र नैतिकता आवश्यक हुने उल्लेख गरे ।
अक्षयकोष दाता प्राडा. बुद्धिबहादुर थापाले आफू जन्मेको ठाउँ, पढेको विद्यालय र गुरुलाई बिर्सन नहुने भन्दै रोजगारमूलक शिक्षाको आवश्यकता औंल्याए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थापाले यस विद्यालयलाई एउटा नमुना विद्यालयको रुपमा बनाउने जनाउँदै सिभिल इन्जिनियरिङ विषयको क्षेत्र पनि फराकिलो भएकोले यस विषयमा विद्यार्थीहरुले भविष्य देख्न सकिने बताए ।
पोखरा विश्वविद्यालयका उपप्राध्यापकहरु इ.अर्जुन गौतम, इ. राजेन्द्र अर्याल, कम्प्युटर विज्ञ इ. सन्दीप तिमिल्सिना, पूर्व प्रधानाध्यापक केशवराज घिमिरे लगायतले बोलेका थिए । यसैबीच अक्षयकोष दाताहरु केशवराज घिमिरे र डा. बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width