फोटोग्राफरको भ्रमणः पर्यटन प्रवद्र्धन र भाइचार बिस्तार

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Photographer

लेखनाथ । पोखरा फोटोग्राफर संघले पर्यटन पवद्र्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको छ । चैत ३ देखि ५ गतेसम्म पोखरादेखि अर्घाखाँची हुँदै स्वर्गद्वारी प्यूठानसम्मको यात्रा सम्पन्न गरिएको संघले जनाएको छ ।
संघको वार्षिक कार्ययोजनाअनुसार फोटोग्राफी अवलोकन तथा भ्रमण आयोजना गरिएको संघका अध्यक्ष जनक तिवारीले बताए । पश्चिम नेपालका विभिन्न पर्यटकीय स्थललाई फोटोग्राफीको माध्यमबाट देश विदेशमा प्रचारप्रसार गरी पर्यटकहरुको आगमन तथा बसाइँ अवधि बढाउने उद्देश्यले पोखरादेखि भालुबाङसम्मको यात्राका क्रममा स्याङ्जा फोटो ग्राफर संघ र लुम्बिनी फोटो ग्राफर संघका फोटो ग्राफरसँग होली मिलन कार्यक्रम गरिएको थियो ।
दोस्रो दिन प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी दर्शन तथा अवलोकनपश्चात सुपा देउरालीसम्मको यात्रा गरिएको भ्रमण संयोजक तथा संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेलले जानकारी दिए ।
भ्रमणमा पोखरा फोटो ग्राफर संघका ३० जना सहभागी थिए । संस्थाको तर्फबाट बेला बेलामा गरिएका यस्ता कार्यक्रमहरुले संस्थाका सदस्यहरुबीच आत्मीयता एवं भाइचारामा वृद्वि हुने संस्थाका अध्यक्ष जनकराज तिवारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width