एमाले पोखरा १९ मा टोल कमिटी गठन

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
yamale pokhara 19

पोखरा । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले टोल कमिटी गठनलाई तीव्रता दिएको छ ।
एमाले वडा कमिटी पोखरा १९ ले आगामी वर्ष हुने ३ तहको निर्वाचन लक्षित टोल कमिटी गठन तथा कार्यकर्ता भेटघाट अभियानलाई तीव्रता दिएको जनाएको छ । हालसम्म वडाभित्र १० भन्दा बढी कमिटी गठन भइसकेको र अभियानलाई निरन्तरता दिएको नेता डिल्लीराम पौडेलले जानकारी दिए । पछिल्लो समयमा साविकको लामाचौर गाविस वडा नं ७ र ८ को संयुक्त भेलाले पोषराज पौडेलको अध्यक्षतामा १९ सदस्यीय ७ नम्बर टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष शारदा पौडेल, सचिव नारायण अधिकारी, उपसचिव एकनाथ पौडेल र विमला पौडेल तथा मनबहादुर सुनार को अध्यक्षतामा १७ सदस्यीय ८ नम्बर टोल कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्ष बबिता सुनार, सचिव गोपाल पौडेल, उपसचिव यादव सुनार र थमबहादुर सुनार चयन भएको स्थानीय नेता बैकुण्ठ पौडेलले जानकारी दिए ।
वडा कमिटी अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी का सदस्य दीपक पौडेलले आसन्न निर्वाचनको तयारी तीव्र बनाउन र जनताको घरदैलोमा पुगेर जन आवाज सुन्न आग्रह गरे । प्रदेश कमिटी सदस्य एवं वडाध्यक्ष शोभामोहन पौडेल, नेता हुतराज पौडेल, जिल्ला सदस्य अर्जुन अधिकारी, इमानराज पौडेल, महानगर कमिटी सदस्य एवं इन्चार्ज कृष्ण गौतम, सचिवालय सदस्य शेखर गौतम, लक्ष्मी अधिकारी, पूर्व सदस्य डिल्लीराम पौडेल, ऋषि पौडेल, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश विक, नेता वैकुण्ठ पौडेल र सचिव विकास गौतम लगायतले जनताको पक्षमा काम गर्ने पार्टि कहिल्यै कमजोर नहुने बताए । एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री जगतबहादुर सुनारको जन्म स्थान भएकाले पनि यसपालिको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width