सेनेटरी प्याड बनाउन प्रवासी सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
pad from qatar (1)

पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा कास्कीको अन्नपूर्णमा सेनेटरी प्याड बनाउने तालिम भएको छ । महिलाको सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका मावि तहको कक्षा ८ र ९ पढ्ने छात्राहरुको निम्ति एकदिने तालिम दिइएको हो ।
अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले तालिम उद्घाटन गर्दै छात्राका लागि यो कार्यक्रम उपयोगी हुने बताए ।
नेपाल च्याप्टरका संयोजक विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महिला संयोजक पूजा गिरीले कार्यक्रमबारे प्रष्ट पारेकी थिइन् ।
संस्था अध्यक्ष सीता बरालले भर्चुअलरुपमा शुभकामना दिंदै दुर्गमका दुःखी गरिबीचको बीच जनचेतना, शिक्षा, स्वास्थ्यमूलक कार्यक्रम लैजाने जाने बताइन् । संस्थाको मुख्य उद्देश्य नै आफ्नो जिल्लाभित्र सामाजिक कार्य गर्नु रहेको संस्थाका संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिनाको भनाइ थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका शिक्षा संयोजक बलराम हुमागार्इं, पोखरा टेलिभिजनका स्टेशन म्यानेजर माधव पनेरु, रिटनिज उपाध्यक्ष पार्वती पौडेल रेग्मी, समाजसेवी बाबुराम रेग्मी, संचारकर्मी गीता तिवारी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका केन्द्रीय सचिव लक्ष्मी गिरी, नेपाल च्याप्टर सहसंयोजक सावित्री गिरी, सहसंयोजक विकास बराल, सचिव हरि ढकाल, लेखा समिति सदस्य शिव गिरी लगायतले बोलेका थिए । पखेटा नेपालका प्रशिक्षक शर्मिला ढुंगाना, सुनिता खनालले प्रशिक्षण दिएको तालिममा २० जनाको सहभागिता थियो ।
‘विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ सन् २०१७ मा परिषद् स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width