योग विज्ञान शिविर र अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
patanjal yog newsdf

पोखरा । पातञ्जल योग समिति, नेपाल गण्डकी प्रदेशको आयोजनामा चैत ४ र ५ गते पोखरामा राष्ट्रिय कार्यशाला गोष्ठी, योग विज्ञान शिविर भएको छ । ‘समग्र स्वास्थ्य र स्वपहिचानको सान्दर्भिकताः पातञ्जल योगको सार्थकता’ विषयक अन्तक्र्रियात्मक कार्यक्रमसमेत भएको छ । केन्द्रीय कार्यसमितिको बैठक राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षतामा भएको थियो भने सञ्चालन महासचिव नवराज काफ्लेले गरेका थिए ।
पहिलो दिनको कार्यक्रम योग विज्ञान शिविर डा. हरिप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र दोस्रो दिनको कार्यक्रम गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियोे ।
कार्यक्रममा गण्डकीका मन्त्री विन्दुकुमार थापाले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न पातञ्जल योग समितिले काम गर्ने विश्वास व्यक्त गरे । योग तथा प्रकृति विज्ञ डा. हरिप्रसाद पोख्रेल योग एक स्वास्थ्य जीवन पद्धतिको आधार हो भन्दै फास्ट फुड फास्ट डेथ र शरीर चलाउने र मन स्थिर राख्नु स्वस्थ्यताको आधार भएको बताए ।
कार्यक्रममा पातञ्जल योग समितिको केन्द्रीय कार्यसमितिका सातै प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरु, पातञ्जल योग समिति गण्डकी प्रदेशका पदाधिकारी सदस्यहरु र कास्की जिल्ला शाखा र पोखरा नगर समितिका पदाधिकारी सदस्यहरु र कास्कीभित्रका सबै योग केन्द्रका योग साधकहरुको सहभागिता थियो । कार्यक्रममा प्रमुख वक्ता प्रकृति चिकित्सा तथा योग विज्ञ डा. हरिप्रसाद पोख्रेल, योग अध्यात्म तथा कृषि विज्ञ डा. चन्द्रमणि खनाल डा. क्षितिज बराकोटीले प्रस्तुति दिएका थिए । पातञ्जल योग समितिको संस्थागत गतिविधि उद्देश्य, लक्ष्य र दूरदृष्टिबारेमा पातञ्जल योग समितिका संस्थापक अध्यक्ष सुर्दशन सुवेदी र वर्तमान अध्यक्ष बालमुकुन्द सुवालको प्रस्तुति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width