९० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
madiras

पोखरा । मदिरा व्यवसायी समिति कास्कीले शनिबार गरेको रक्तदानमा ९० युनिट रगत संकलन भएको छ । नेपाल स्वयंसेवी समाज कास्कीका अध्यक्ष जीतेन्द्रमान शाक्यले रक्तदाता निशान खनाल र निशा खनाललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । शाक्यले ७६ औं पटक रक्तदानसमेत गरेका थिए भने कृष्ण थापाले ७० औं पटक रक्तदान गरे । उनले मानव जीवनकै महत्वपूर्ण कार्य रक्तदान भएको भन्दै रक्तदान जत्तिकै पुण्य मिल्ने कार्य अरु नभएको उल्लेख गरे ।
नेपाल मदिरा व्यवसायी महासंघका महासंघका महासचिव तारानाथ ढुंगानाले मदिरा व्यवसायीले दुख र सुखमा साथ दिंदै आएको र आगामी दिनमा पनि साथ दिने बताए ।
समितिका अध्यक्ष डिल्लीराम पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष डाशीराम सापकोटा, रक्तदाता समाज कास्कीका उपाध्यक्ष वीरेन्द्र पराजुली, संस्थाका वरिष्ट उपाध्यक्ष सुरेश घिमिरे, महासचिव कृष्णबहादुर रानाभाट लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width