सिर्जना कप भलिबल सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
srijana cup volleyballf

पोखरा । पोखरामा शनिबारदेखि सिर्जना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र पोखराको संयुक्त आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन १६ खेल भए । जसमा छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल भए ।
३ दिनसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा छात्र÷छात्रा दुवैलाई १ लाख, उपविजेतालाई ५० हजार र तृतीयलाई ३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडी छात्र÷छात्रालाई जनही ५ हजा, उत्कृष्ट स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ संचालित प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले खेलकुदको विकास र बिस्तार गर्न तीनै तहको सरकार लागि पर्नुपर्ने बताइन् ।
सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले प्रतियोगिताले विद्यालय स्तरबाटै भलिबल खेलको विकास गर्न सघाउने बताए । उनले भलिबल खेलकुदको विकास र विस्तारका लागि सिर्जना विकास केन्द्र सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कास्की जिल्ला भलिबल संघ अध्यक्ष पराजुलीले भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुनर्जागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width