हीरक जयन्तीमा झाँकी र प्रभातफेरी

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
Bindhabasini hiraks

पोखरा । विन्ध्यवासिनी मावि, बाटुलेचौरको हीरक जयन्ती अवसरमा पोखरामा झाँकी प्रदर्शन सहित प्रभातफेरी गरिएको छ ।
यही चैत ७ मा हुने हीरक जयन्ती उद्घाटन पूर्व सन्ध्यामा विद्यालयबाट सुरु झाँकीसहितको प्रभातफेरी मैदानचोक मध्यमपथ, दीपचोक, घाँटीपाटन, लामाचौर, अमलाविसौनी, चमेरे गुफा, महेन्द्र गुफा, संगम चोक हुँदै पुनः विद्यालयमा पुगेर समापन भएको प्रचार उपसमिति संयोजक यदुनाथ बञ्जाराले जानकारी दिए ।
कार्यक्रममा वडा १६ का विभिन्न संघसंस्था, क्लब, आमा समूह, भजन चुड्का समूह, धार्मिक तथा जातीय संस्था विद्यार्थी लगायतले आ–आफ्नो संस्कृति झल्किने भेषभूषा तथा जातीय पहिचान बोकेका नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाटुलेचौर तमु समाज, नेपाल गन्धर्व समुदाय विकास समाज, नेवाः खल बाटुलेचौर, नेपाल मगर संघ दीप बगर, शुक्ला साहित्य प्रतिष्ठान, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, ओम शान्ति लामाचौर, दीप युनाइटेड क्लब, संरक्षण आमा समूह, बडहरबोट आमा समूह, जनजागरण आमा समूह, जाल्पादेवी आमा समूह, न्यु दीप ज्योति आमा समूह, मध्यमपथ टोल विकास संस्था, चण्डिका आमा समूह, अम्बिका आमा समूह, पुरानो गेट आमा समूह, मैदान आमा समूह, तल्लो दीप आमा समूह, करुण आमा समूह, विन्ध्यवासिनी क्याम्पस लगायतका विभिन्न समुदायले सहभागिता जनाएका थिए ।
यसअघि गण्डकी प्रदेश सदस्य कृष्णबहादुर थापाले झाँकी व्यवस्थापन उपसमिति संयोजक कुमार श्रेष्ठ र प्रभातफेरी व्यवस्थापन उपसमिति संयोजक चित्र थापालाई राष्ट्रिय झण्डा र ब्यानर हस्तान्तरण गरी उद्घाटन गरे । हीरक जयन्तीकोे शिक्षामन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width