कालिका पब्लिक अध्यक्षमा गीता

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७८
kalika college

पोखरा । कालिका पव्लिक कलेज, रामबजारको पहिलो सिनेट साधारण सभा भएको छ । २०६४ सालमा स्थापित कलेजको पहिलो सिनेट अध्यक्षमा गीता आचार्य निर्विरोध चयन भइन् ।
सदस्यमा पूर्णचन्द्र न्यौपाने, सुरेशकुमार ध्वजु, निर्मला कार्की भण्डारी, रामबहादुर थापा र कुमार थिङ निर्विरोध निर्वाचित भए ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शिक्षा सबैको पहुँचमा पुर्‍याउन पव्लिक कलेजको ठूलो महत्व रहने धारणा व्यक्त गरे । उनले शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउन आवश्यक रहेको बताए ।
संघीय सांसद खगराज अधिकारीले शिक्षा क्षेत्रमा हुने कुनै पनि राजनीतिको विरोध गरे । उनले शिक्षाका विषयमा आममानिसको धारणामा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए ।
सामाजिक विकास तथा शिक्षा मन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सधैं सकारात्मक रहेको भन्दै जनअपेक्षा पूरा हुने गरी काम गर्न अनुरोध गरे । उनले शिक्षा समाज परिवर्तनको मूल आधार भएको शैक्षिक क्षेत्रमा हुने राजनीति बन्द गर्नुपर्ने बताए । साथै केन्द्र सरकारले संघीयताको मर्म अनुरुप काम गरेको पनि उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width