कलाकारको प्रस्तुतिमा झुमे दर्शक

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७८
Lekhnath Mahotsav

लेखनाथ । १७ औं लेखनाथ महोत्सव हालसम्म १ लाख ४० हजार दर्शकले अवलोकन गरेका छन् । साथै ३ करोड ९० लाख बराबरको आर्थिक कारोबार भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघको दाबी छ ।
शुक्रबारमात्रै १३ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको र ३५ लाख बराबरको कारोबार भएको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवको नवौं दिन शुक्रबार लोकदोहोरी गायक अर्जुन सापकोटा, सम्झना लामिछाने मगर, घनश्याम रिजाल, पार्वती जिसी, वसन्त बिक, पारु गुरुङ, माया केसी, सुमन खड्का लगायतले प्रस्तुति राखेका थिए । बेलुका लाइभ कन्सर्टमा सिर्जना खत्री हाउडेमाया, ¥यापर एनटिएफ माइला र नीरज मल्लको प्रस्तुतिमा दर्शक झुमेका थिए ।
विद्यालयस्तरीय नृत्यमा पोखरा ३१ को रेड गोल्ड मन्टेसरी र पोखरा २६ को गाउँफर्क माविले लोक नृत्य प्रस्तुत गरेको संयोजक सन्तोष बरालले जानकारी दिए । पोखरा ३० को लालुपाते तमु समाजले जातिय भेषभुषा प्रस्तुत गरेका थिए । शुक्रबार मात्र १ सय ११ जानाले खोपको सुविधा लिएको महोत्सव स्वास्थ्य संयोजक डा.विकास गौचनले जानकारी दिए ।
शनिबार लोकदोहीरतर्फ बद्री पंगेनी, भूमिका गिरी, रेशम निर्दोष, तुलसा जिसी, नवराज अधिकारी, निशा पोखरेल, नारायण सुनार र अमृता नेपाली, बालकलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुति रहनेछ । बेलुका लाइभ कन्सर्टमा शिव परियार, साहिमा श्रेष्ठ र एलविन थापा लगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सूचना लगायतका ३ सय स्टल रहेका छन् । आगामी चैत ७ सम्म संचालन हुने महोत्सव २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सवबाट १५ लाख बचत हुने अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width