फेवा नव वर्ष महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७८
Fewa Festival

पोखरा । नयाँ वर्ष अवसरमा होटल संघ पोखरा नेपालले १७ औं फेवा नव वर्ष महोत्सव तयारी अगाडि बढाएको छ । चैत ३० देखि वैशाख १ सम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुने छ ।
कोभिड–१९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएका छन् । लेकसाइडका विभिन्न शाखा मार्गलाई लक्षित गरी संयोजकसमेत छनौट गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य एवं संघका सल्लाहकार भरतराज पराजुली र संघका अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले महोत्सवलाई सफल पार्न विभिन्न सुझाव राख्दै सम्बन्धित सबै व्यवसायी एकजुट भएर सक्रियता प्रदर्शन गर्न आग्रह गरेका थिए ।
कोभिड–१९ का कारण थला परेको पर्यटन पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए । पछिल्लोक्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउनेक्रम सुरु भएको र कतिपय तेस्रो मुलुकका पर्यटकसमेत देखिन थालेको उनले बताए । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सघाउने विश्वास सुवेदीले व्यक्त गरे । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्यगरी जोड दिने छ ।
विभिन्न उपसमितिको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारी अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सवको प्रचार समिति संयोजक राजेन्द्र ढकालले जानकारी दिए । हालैमात्र पोखरामा सेवा सुरु गरेको अन्नपूर्ण केवलकार प्रालिसँग जोडिएर महोत्सवको प्रवद्र्धन गर्न पाउनु गर्वको कुरा भएको पनि महासचिव ढकालले बताए । रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टरप्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुति समेट्ने योजना संघले बनाएको छ । ख्यातिप्राप्त कलाकारको प्रस्तुति पनि सो अवसरमा रहने छन् । महोत्सवको उद्घाटनअघि ड्यामसाइड र खहरेबाट झाँकी/र्‍याली निकालिने छ । फागुन ८ देखि ११ सम्म आयोजित जाउँ है पोखरा कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव वर्ष महोत्सवमा सहभागिताका लागि निम्ता समेत बाँडिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width