फोनिजलाई मीलन डिजीको बधाई

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
FoNIJ Photo

पोखरा । मीलन डिजी इन्टरनेसनल प्रालिले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।
समाजसेवी दुर्गा गुरुङ ‘मीलन’ आबद्ध संस्थाहरु मीलन डिजी इन्टरनेसनल प्रालिसँगै मीलन फाउन्डेसज, मीलन ट्रस्ट र मीलन वल्र्ड डट न्युजको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा दोस्रो प्रादेशिक अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई खादा, माला तथा दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, मीलन डिजीका संरक्षक सावित्री गुरुङ तथा कार्यवाहक अध्यक्ष देवी गुरुङले सम्मानसहित बधाई दिएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्टले आदिवासी जनजातिको सवालमा खुलेर लाग्न आग्रह गरे । आफ्ना क्षेत्रका समस्या र चुनौतीलाई प्रष्टसँग राख्न फोनिज उपयुक्त थलो भएको उनको धारणा थियो । कुनै समय कसैबाट खोसिएको अधिकार आफ्नो पक्षमा पार्न कुनै कसुर बाँकी नराखी पत्रकारिता क्षेत्रमा लाग्न उनको आग्रह थियो ।
मीलन डिजी इन्टरनेसनल प्रालिकी कार्यवाहक अध्यक्ष देवी गुरुङले पत्रकाहरु एकजुट भएमा आदिवासी जनजातिको समस्या मिडियामा ल्याउन सहज हुने धारणा राखिन् । उनले आदिवासी जनजातिको मुद्दालाई सञ्चार माध्यममा खरो रुपमा प्रस्तुत सफल कार्यकालको शुभकामना पनि दिइन् ।
कार्यक्रममा फोनिजका नवनिर्वाचित अध्यक्ष रुद्र श्रीसले संस्थाको सामाजिक कार्यमा फोनिजको सधैं साथ रहने बताए । दुर्गा गुरुङ ‘मीलन’ ले हङकङ रहेर पनि देशप्रति देखाएको माया र समाजसेवामा सधैं हातेमालो गर्ने उनले प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width