ठाडाेभाकाका अग्रज स्रष्टा सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७८
birahi samman (2)

लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको छैटौं स्थापना दिवस अवसरमा प्रतिष्ठानका संस्थापक केन्द्रीय अध्यक्ष एवं वरिष्ठ लोकसंगीतकर्मी अमर विरही गुरुङसहित ठाडोभाकाका अग्रज स्रष्टालाई सम्मान गरिएको छ ।
प्रतिष्ठानको छैटौं स्थापना दिवसको तीन दिवसीय कार्यक्रमको उद्घाटन अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
समारोहमा अमर विरही गुरुङलाई ‘ठाडोभाका–टीकाकुमारी स्मृति पुरस्कार’ बाट सम्मान गरियो । उनलाई गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी, प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, नेकपा एसका जिल्ला अध्यक्ष रामबाबु अधिकारीसहितले सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा मन्त्री अकिारीले ठाडोभाका नेपालीको लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण र प्रवद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उक्त पुरस्कारको राशि १० हजार ५ सय रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कार प्रतिष्ठानका सल्लाहकार नरेन्द्रराज ढुंगानाले आफ्नी आमाको स्मृतिमा स्थापना गरेका हुन् । पुरस्कारका लागि ढुंगानाले ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । गत वर्ष सो पुरस्कार लोकसंगीतको चर्चित कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र पहिलो वर्ष ठाडोभाकाकी वरिष्ठ गायिका नन्दमाया दुरालाई ‘ठाडोभाका सम्राज्ञी’को उपाधिसहित सम्मान गरिएको थियो ।
प्रतिष्ठानले ठाडोभाकाका पुराना अग्रज गायकगायिका जो ७० वर्ष र सोभन्दा माथिल्लो उमेरकालाई सम्मान गर्ने नीतिअनुसार यसपालि ५ जनालाई सम्मान गरेको छ । सम्मानित रुद्रबहादुर महत, खड्गबहादुर गुरुङ, हस्तबहादुर दुरा, कविमाया दुरा लगायत छन् ।
यसैगरी, रमेशचन्द्र अधिकारीलाई ‘लोक प्रवद्र्धक राष्ट्रिय सम्मान’ बाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताए ।
प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले प्रतिष्ठानको अक्षयकोष १ करोड पु¥याउने लक्ष्य रहेको बताए । प्रतिष्ठानको अक्षयकोषमा हाल ६ लाख छ ।
सुन्दरबजार– १०, हाँडीखोला, बर्धन गाउँमा ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्म भएको थियो । सोही गाउँमा यसपटक प्रतिष्ठानले स्थापना दिवस मनाएको हो । सो अवसरमा ठाडोभाका गायन र बाघचाल प्रतियोगिता समेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width