एनसेलके नयाँ अफर

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
ncell

पोखरा । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटाले गज्जबको डेलि जिबी प्याकअन्तर्गत ३ विभिन्न प्याकहरुमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।
गजब्बको डेलि जिबी प्याकअन्तर्गतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको छ । यस आकर्षक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जिबी र ७ दिनसम्म दैनिक २ जिबीकोे गज्जबको डेलि पजबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।
७ दिनका लागि मान्य रहने दैनिक १ जिबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र १ सय ६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले करसहित मात्र २ सय ६९ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जिबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।
धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र ५ सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँमै बोनस क्यास ब्याक पाउँछन् । सो गज्जबको डेली जिबी डेटा प्याकअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यु गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्ने जनाइएको छ ।
यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ । गज्जबको डेलि जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटाबाहेक अन्य अन नेट सेवा प्रयोग गर्न ग्राहकलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width