हिमालय माविको ५० औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
himalayan school~~

पोखरा । पोखरा २०, मौजास्थित हिमालय माविको ५० औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण समारोह भएको छ ।
वडाध्यक्ष सिमबहादुर गुरुङले समारोह उद्घाटन गर्दै विद्यालयको शैक्षिक गुणस्तर विकासमा शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भुमिका रहने बताए । उनले विद्यालयको प्रगतिको लागि शैक्षिकस्तर सुदृढ हुनुपर्नेमा जोड दिए । आगामी वर्षदेखि १० जोड २ कक्षा सञ्चालनसँगै अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी रहेको जनाए ।
मौजा विजयपुर युके समाजका अध्यक्ष रामकुमार गुरुङले विदेशमा बसेर पनि आफ्नो विद्यालयको शैक्षिक भौतिक उन्नतिमा सबै प्रकारका सहयोग गर्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु. हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ मणिराज परियारले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा शिक्षक महासंघ कास्की अध्यक्ष बोधराज पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष काशीराम गुरुङ, विद्यालय सल्लाहकार समिति संयोजक तीलबहादुर गुरुङ, अक्षयकोष संस्थापक खिमबहादुर गुरुङ, वडा सदस्य भीमप्रसाद बास्तोला, एमाले वडाध्यक्ष त्रिलोचन गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षक डोलराज रेग्मी र छात्रा आशिका परियारले स्वागत मन्तव्य राखेका थिए भने शिक्षिका देवीकुमारी थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग