चन्द्रप्रभाको स्वर्ण महोत्सव

आदर्श समाज सम्वाददाता
फागुन २, २०७८
Chandra Prava Mavi Photo

पोखरा । कास्कीको रुपा गाउँपालिका ६ भीरचोक रहेको चन्द्रप्रभा मावि ५० औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले आफ्नो स्वर्ण जयन्ती फागुन ७ गतेदखि ११ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
सुरुआती अवस्थामा विभिन्न नामबाट विद्यालय सञ्चालन भए पनि २०२८ सालमा निमावि तहको पठनपाठन आरम्भ भएपश्चात् चन्द्रप्रभा नामकारण गरिएको ५० वर्ष पूरा भएको हो । यस अवसरमा उद्देश्य शैक्षिक उन्नतिको लागि विभिन्न विज्ञहरुसँग परामर्श लिएर प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जना गर्ने प्रधानाध्यापक भोलानाथ पौडेलले जानकारी दिए । स्वर्ण जयन्ती मनाउने क्रममा शारीरिक तथा बौद्धिक खेलकुदको आयोजना गरी विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटनको अवसर प्रदान गर्ने रहेको उनको भनाइ थियो । स्वर्णद्वार निर्माण, स्तम्भ निर्माण, स्मारिका प्रकाशन, भलिबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, दौड प्रतियोगिता, सम्मान कार्यक्रम आयोजना गरिनेछ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सवाबक्स मियालाई स्वर्ण जयन्ती मूल व्यवस्थापन समितिका संयोजक तोकिएको छ । कार्यक्रमको दोस्रो दिन भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रममा योग साधन, परिचयात्मक कार्यक्रम, प्यानल डिस्कसन, कला तथा सिर्जना प्रस्तुतिकरणका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । ५ दिनसम्म मनाइने स्वर्ण जयन्ती कार्यक्रमका लागि १२ लाख लाग्ने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग