सार्वजनिक सवारीमा नयाँ भाडादर लागु

आदर्श समाज सम्वाददाता
माघ २९, २०७८
pokhara-bus

पोखरा । गण्डकी प्रदेश सरकारले २ साता अघि सवारीको भाडादर बढाउने निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएको छ । फागुन १ गतेदेखि लागु हुने गरी राजपत्र प्रकाशन गरिए पनि भाडादर यसअघि बढिसकेको छ ।
सवारीको प्रकार अुनसार फरक फरक भाडादर सिफारिस समितिले सिफारिस गरेको हो । एक जिल्लाबाट अर्काे जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ तोकिएको छ । जिपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ निर्धारण गरिएको छ । नगर क्षेत्रमा चल्ने बसमा पहिलो ३ किलोमिटरभित्र २० रुपैयाँ र ३ किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ उल्लेख छ । २० किलोमिटरभन्दा बढी यात्रा गर्दा प्रतिकिलोमिटर साढे २ रुपैयाँका दरले लाग्नेछ ।
ट्याक्सीमा चढ्दा ८० रुपैयाँ तिरेर २ सय मिटर यात्रा गर्दा थप भाडा नलागे पनि २ सय मिटर यात्रापछि प्रति पल्समा थप १० रुपैयाँ लाग्नेछ । एक पल्स भन्नाले २ सय मिटर तोकिएको छ । १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ भाडा लाग्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width