सहकारीहरु उत्पादनमुखी बन्नुुपर्छ : सांसद मल्ल

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
Challa Bhagwat~

स्याङ्जा । गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सहकारीले रकम बचत गर्ने मात्र नभई उत्पादनका क्षेत्रमा लाग्नुपर्ने बताए । रोजगारमा जोड्न सहकारीले आयआर्जनतर्फ अभिप्रेरित गराउन सुझाव दिए ।
भिरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन तालिमसहितको सिधैं आयआर्जनसँग जोडिने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
नगर प्रमुख छायाराम खनालले नगरपालिकाले विगतदेखि महिला लक्षित कार्यक्रममा सहयोग गर्दै आएको बताए । पालिकाले विशेषगरी महिला, बालबालिका, अपांग दलित तथा विपन्न वर्गलाई सधैं सहयोग गर्दै आएको र आयआर्जनमा समेत ध्यान दिएको बताए ।
नगर प्रवक्ता दीपेन्द्र केसी, वडा अध्यक्ष शेषकान्त अर्याल, प्रमुखका स्वकीय सचिव नन्दलाल खनाल, तरुण दलका जिल्ला उपाध्यक्ष रविन केसी, कार्यपालिका सदस्य विष्णुमाया बोटे, हुमनारायण श्रेष्ठ लगायतले महिला लक्षित यस्ताखालका कार्यक्रमले वडाभित्रका सबै बर्गका महिलालार्ई समेट्दै अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा ५४ जनालाई कुखुराको चल्ला वितरण गरिएको हो । लक्षित वर्गको आयआर्जनका लागि दुइदिते तालिमसहित गिरिराज जातका कुखुराका चल्ला वितरण गरिएको भिरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width