जनप्रियमा भूपू विद्यार्थी पुर्नमिलन

आदर्श समाज सम्वाददाता
माघ २३, २०७८
janapriyas

पोखरा । जनप्रिय मावि, सिमलचौरबाट २०४९ सालमा एसएलसी दिएका भूपू विद्यार्थीको शनिबार पुनर्मिलन कार्यक्रम भएको छ ।
लामो समयपछि भेटिएका भूपू विद्यार्थीले विद्यालयकालका अविस्मरणीय क्षण आपसमा साटे । आपसमा चिन्न पनि उनीहरुलाई हम्मे–हम्मे परेको थियो । सोही अवसरमा उनीहरुले वर्तमानमा आफू आवद्ध संस्था, रोगजार तथा वर्तमानबारे चर्चा गरे । आफू पढेको विद्यालयको शैक्षिक विकासमा सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरे ।
त्यसो त २९ वर्षपछिको पुनर्मिलनको संयोग सामाजिक सञ्जालमार्फत सम्भव भएको हो । सामाजिक सञ्जालमार्फत पुराना साथीहरुको पुनर्मिलनमा भूमिका निर्वाह गर्ने चन्द्र गिरी, चन्द्रकिशोर ज्ञवाली, चन्द्रविलास भूर्तेललगायतलाई कार्यक्रममा उपस्थित भएकाहरुले धन्यवाद ज्ञापन गरे । आफूहरु संस्थागत ढंगबाटै समाज उत्थानका लागि सामाजिक कार्यमा क्रियाशील बन्नुपर्ने भेलाले निचोड निकालेको छ ।
समूहलाई क्रियाशील बनाउन केशवबहादुर थापा र गंगा थापालाई संयोजनको भूमिका दिइएको छ । अर्को भेला फागुन १४ का लागि तय गरेको छ । भेलामा पोखराका मनोज अधिकारी, जमुना गुरुङ, सरस्वती गुरुङ, मनोज रानाभाट, रुद्रप्रसाद पराजुली, हेमन्त कार्की, मुना राना र लक्ष्मी खड्का सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width