पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल प्रथम भएकी छिन् । जनकल्याण समाज काहुँखोलामा भएको प्रतियोगितामा वडाका ५७ टोल विकास संस्था, आमा समूह लगायत संघसंस्थामध्ये १५ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा मिजार समाज पोखरा १३ की राधा नेपाली दोस्रो र हिमाली टोल विकास समितिकी अमरावती सुवेदी तृतीय भए । नवदुर्गा टोल विकासकी धनकुमारी गुरुङ सान्त्वना भइन् ।
‘कोभिड १९ महामारीबाट मानवजातिले सिक्नुपर्ने पाठ’ शीर्षकमा वकृत्वकला प्रतियोगितामा शान्ति गुरुङ, तारा माया थापा र पार्वती पौडेल निर्णायक थिए ।
वडाध्यक्ष दर्शन लामाले विजयीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कोभिड १९ ले पारेको असर र यसबाट बच्ने उपायका लागि सचेतनास्वरुप सो प्रतियोगिता भएको बताए । महानगरपालिका र वडाले विशेष कार्यक्रम ल्याएको र सबै मिलेर नै यसबाट बच्ने कार्यमा लाग्न आग्रह समेत गरे ।
पत्रकार श्रीराम सिग्देलले महिलाको क्षमता अभिवृद्धिमा वकृत्वकलाले अगाडि बढ्न सघाउ पुग्ने बताए ।वडा सदस्य कृष्णकुमारी गुरुङको अध्यक्षमा भएको कार्यक्रममा अर्का वडा सदस्य कमला बिकले स्वागत र समाजसेवी इन्दिरा आचार्यले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९