नेपाली सांकेतिक भाषा तालिम

आदर्श समाज सम्वाददाता
माघ ११, २०७८
bhasa~

पोखरा । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा र अन्नपूर्ण बहिरा संघको समन्वयमा ३० जना बहिरा अपांगता भएका व्यक्तिको लागि नेपाली सांकेतिक भाषा तालिम सुरू भएको छ ।
तालिम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शेषकान्त पौडेलले कोभिडको कारण गत वर्ष बिनियोजित रकम खर्च गर्न नसकिएको जानकारी गराए । उनले अपांगता लक्षित कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै पालिकाको सबै लक्षित समुदायसम्म कार्यक्रम पुग्ने गरी कार्य गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराए ।
कार्यक्रममा अन्नपूर्ण बहिरा संघ अध्यक्ष विश्वामित्र भित्रकोटीले सांकेतिक भाषा तालिमको आवश्यकता र तालिमको महत्वमाथि प्रकाश पारे ।
गण्डकी बहिरा संघका पूर्व अध्यक्ष जमानसिंह गुरुङले सांकेतिक भाषाको अभावमा बहिरा अपांगता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुग्न नसक्ने र त्यसले उनीहरुको जीवन अन्धकारमय हुने कुरा व्यक्त गर्दै आगामी वर्षमा यस्ता तालिम वडास्तर पु¥याउनुपर्ने कुरामा जोड दिए ।
राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले नेपालको संविधान, अपांगता भएका व्यक्तिको अधिकार ऐन लगायत अन्य कानुनले व्यवस्था गरेअनुरुप अपांगता भएका व्यक्तिहरुले प्राप्त गर्न कठिन हुने गरेको बताए । उनले अन्नपूर्ण गाउँपालिकाले बहिरा अपांगता भएका व्यक्तिको सञ्चारलाई मद्दत पुग्ने गरी गरेको यस कार्यको प्रशंसा समेत गरे ।
तालिमका प्रशिक्षक ज्ञानबहादुर भित्रकोटीले बहिराहरुको विकासका लागि सांकेतिक भाषा पहिलो शर्त हुने र भाषा जानेपछि मात्र अरु कार्य गर्न सहज हुने भएकाले पहिले भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सीपमूलक तालिम लिन सहज हुने भएकोले यो तालिम महत्वपूर्ण भएको बताए ।
अन्नपूर्ण १० का वडाध्यक्ष कुमारप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहायक महिला विकास निरीक्षक निर्मला कुँवरले सञ्चालन र सुनिता रानामगरले दोभाषेको भूमिका निर्वाह गरिन् । तालिम ३ महिनासम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width