तमु सांस्कृतिक प्रतिष्ठानद्वारा स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
tamu dhi

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २१ औं वार्षिकोत्सव अवसरमा स्रष्टा सम्मान एवं विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
पोखरामा आयोजित समारोहमा पार्वता तमु स्मृति पुरस्कारबाट कलाकार चलचित्रकर्मी ओमप्रकाश गुरुङ १० हजारसहित सम्मानित भए । यस्तै, तमु भाषा र साहित्य क्षेत्रमा विशेष योगदान पु¥याएकोमा लमजुङका आसबहादुर गुरुङ २० हजारसहित घनबहादुर तमु स्मृति पुरस्कारबाट सम्मानित भए । गीतसंगीत क्षेत्रबाट संगीतकार सुनिल थापा १० हजारसहित क्या. मीनबहादुर तमु स्मृति पुरस्कारबाट सम्मानित भए ।
समारोहमा उत्कृष्ट आमा पुरस्कारबाट एसइईमा ४ जिपिए प्राप्त गरेका कृष्टिना गुरुङकी आमा कृष्णकुमारी र ४ जिपिए नै प्राप्त गरेका प्रज्वल गुरुङकी आमा इन्द्रकुमारी १० हजारसहित सम्मानित भए ।
उनीहरुलाई प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ, अक्षयकोषदाता एवं प्रतिनिधिबाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वबारे प्रतिष्ठानका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार तेजबहादुर चाक्ली, कार्यसमिति सदस्य लोकबहादुर गुरुङ लगायतले परिचय गराएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य प्राज्ञ सुरेन्द्र गुरुङ, प्रज्ञा सभा सदस्य जसु गुरुङलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ ।
कार्यक्रममा गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तमु धिं युकेको पहलमा विभिन्न अक्षयकोषदाता व्यक्ति र संस्थागत रुपमा १५ जना विद्यार्थीका लागि अक्षयकोषको रकम १८ लाख ७५ हजार तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत अध्यक्षकोषदाताले प्रतिष्ठान अध्यक्ष चित्रबहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । समारोहमा अक्षयकोषदातालाई प्रतिष्ठानले सम्मान गरेको थियो ।
समारोहमा तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङले ग्रामीण भेगका गरिब तथा जेहेनदार विद्यार्थीलाई शिक्षामा अग्रसर गराउने उद्देश्यसहित प्रतिष्ठानको अभियानमा साथ दिन तमु धिं युकेले वार्षिक क्यालेण्डरमै कार्यक्रम गरिरहेको बताए । उनका अनुसार यस वर्ष १५ जना विद्यार्थीका लागि अक्षयकोषको रकम हस्तान्तरण गर्न सफल भएको बताए ।

तमु धिं युकेको पहलमा १५ जना विद्यार्थीका लागि अक्षयकोष रकम हस्तान्तरण

प्रतिष्ठान अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार चिजकाजी गुरुङले स्वागत सचिव भेषराज गुरुङ, छात्रवृत्ति प्राप्त विद्यार्थी नवीन गुरुङ र स्नेह गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, सल्लाहकार, गीतकार संगीतकार एकेन्द्र गुरुङ, सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, सम्मानित स्रष्टा आशबहादुर गुरुङ, उत्कृष्ठ अंक प्राप्त गरेका प्रज्वल गुरुङ, छात्रवृत्ति प्राप्त विद्यार्थीको संस्था तमु विद्यार्थी समितितर्फबाट हसिला गुरुङले बोलेका थिए । कार्यक्रममा तमु विद्यार्थी समितिका कलाकारले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width