सेभेन स्टारको स्कुटर सन्दीपलाई

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
7 Star Photo

पोखरा । पोखराको सिमलचौरस्थित सेभेन स्टार फुड एन्ड मार्टले सञ्चालन गरेको दसंैतिहार–२०७८ अफरअन्तर्गत सन्दीप ढकालले स्कुटर प्राप्त गरेका छन् ।
मार्टले शनिबार वार्षिकोत्सव अवसरमा गोला प्रथा गर्दा विराटनगर–२ घर भई पोखरामा कार्यरत ढकालले प्रथम पुरस्कार स्कुटर उपहार पाएका हुन् । उनको चिठ्ठा नं ९६५२ हो । उलाई शनिबार नै पुरस्कार स्कुटर हस्तान्तरण गरिएको मार्ट सञ्चालक समिति सचिव डिल्लीराम पनेरुले जानकारी दिए ।
यस्तै, दोस्रो पुरस्कारअन्तर्गत वासिङ मसिन चिठ्ठा नं १९४३, तेस्रो पुरस्कार एलइडी टिभी चिठ्ठा ४०३ र चौथो पुरस्कार वाटर गिजर चिठ्ठा नंं २५३३ का ग्राहकले प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारस्वरुप इलेक्ट्रिक हिटर १० जनाले प्राप्त गरेका छन् ।
पोखराका ७ जना युवा व्यवसायी मिलेर गत वर्षदेखि करिब १० करोड लगानीमा मार्ट संचालनमा आएको हो । यहाँ मासिक २ करोडसम्मको कारोबार हुने गरेको मार्टका अध्यक्ष राजु भुवाईले जानकारी दिए । मार्टले आगामी दिनमा शाखा विस्तार गर्ने, नियमित ग्राहकलाई ग्राहक छुटकार्ड व्यवस्था गर्ने सचिव पनेरुले बताए । वार्षिकोत्सव समारोहमा संस्थाका सिनियर एकाउन्टेन्ट सुवास पोखरेल र कर्मचारी समीक्षा केसीलाई उत्कृष्ट कर्मचारीको सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width