धर्मशीला बुद्ध बिहारमा श्याम

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
Buddha bihars

पोखरा । धर्मशीला बुद्ध बिहार दायक सभा, नदीपुरको ३६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले श्याम शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षमा चन्द्रलक्ष्मी गुभाजु र भरतराज शाक्य, सचिव तेजेन्द्र शाक्य, कोषाध्यक्ष विक्रम उदास, सहसचिव नीरज कायस्थ चयन भए । सदस्यमा आनन्दमान ताम्राकार, लक्ष्मी श्रेष्ठ निर्विरोध चयन भए । ३ सदस्य पछि मनोनीत हुनेछन् ।
सभाको बिहार प्रमुख भिक्षु धजवन्तोबाट उद्घाटन गर्दै पञ्चशील प्रदान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष श्याम शाक्यले स्वागत र सचिव तेजेन्द्र शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष राधेश्याम उदासको आर्थिक प्रतिवेदन अध्यक्ष गोविन्द ताम्राकारले प्रस्तुत गरेका थिए ।
निर्वाचन संयोजक कुलामान बुद्धाचार्यको संयोजकत्व रहेको निर्वाचन समिति सदस्यमा अनुप बज्राचार्य र सुमन शाक्य थिए । गोविन्द ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तेजेन्द्र शाक्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width